नयाँ दिल्ली,
३-असार / बिहारमा भाइरल इन्सेफलाइ टिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय ३ पुगेको छ ।

भारतीय विभिन्न सञ्चारमाध्यमका अनुसार १० वर्षभन्दा कम उमेरका २ सयभन्दा बढी बालबालिकाको उपचार भइरहेको छ ।

अधिकांशको हाइपोग्लाइसिमिया अर्थात् रगतमा चिनीको मात्रा कम भएर मृत्यु भएको प्रदेश सरकारको दाबी छ । स्थानीय बासिन्दाले काँचो लिची खाँदा बालबालिको ज्यान गएको बताउँदै आएका छन् । भने चिकित्सकहरुले यसको पुष्टि गरेका छैनन् ।


ADVERTISEMENT

 



बिहार र छिमेकी राज्य उत्तर प्रदेशमा सन् १९७० को दशकको अन्त्यतिर इन्सेफ्लाइटिस पहिचान भएयता हजारौँ बालबालिकाको मृत्यु भएको छ । बिहार राज्य सरकारले सबै बिरामीको उपचार खर्च बेहोर्ने जनाएको छ ।
जुनको सुरुबाट फैलिएको भारइलबाट मुजफ्फरपुर सहर सबैभन्दा बढी प्रभावित बनेको छ । टाउको दुख्नु, बान्ता हुनु र बेहोस् हुनु यस रोगका प्रमुख लक्षण हुन् ।

त्यस्तै साथै मगजले काम नगर्ने, झाडापखाला लाग्ने तथा मुटु र मिर्गौलामा असर गर्ने हुन्छ । उत्तर प्रदेशमा २०१२ मा इन्सेफलाइटिसबाट ३ सय ९० बालबालिकाको मृत्यु भएको थियो ।

२०११ मा उत्तरी भारतमा ४ सय ६० बालबालिकाको मृत्यु भएको थियो । यस्तै २००५ मा उत्तर प्रदेशको गोरखपुरमा १ हजार बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिकृया

प्रतिकृया