एजेन्सि,
८-भदौ / फ्रान्समा माहुरीको विनास गर्ने पाँच वटा कीटनाशक विषादीलाई प्रतिबन्ध लगाउने पहिलो देश भएको छ ।

माहुरी संरक्षणका लागि फ्रानसले क्लोथियानिडिन, इमिडाक्लोप्रिड, थियामेथोक्साम, थियाक्लोप्रिड र एसतामिप्रिड नामक किटनाशकलाई प्रतिबन्ध लगाएको हो ।

यी विषादीले मौरीको अस्तित्व नै हराउन लागेको निक्र्योल गर्दै प्रतिबन्ध लगाइएको फ्रान्सले जनाएको छ । यसअघि युरोपेली सँघ इयूले गएको महिनादेखि बालिनालीमा क्लोथियानिडिन, इमिडाक्लोप्रिड र थियामेथोक्साम प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।


ADVERTISEMENT

   


अध्ययनले नियोनिकोटिनोइडस्ले मौरीको शुक्राणु गणनालाई काटेर स्मरणशक्तिमा ह्रास ल्याउने देखाएको थियो । वातावरण र माहुरी संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले प्रतिबन्धको समर्थनमा खुशीयाली मनाएका छन् ।

तर ती किटनासकको प्रतिबन्धले हानिकारण किराले बालीमा क्षती गर्न सक्ने भन्दै किसानले भने चिन्ता व्यक्ति गरेका छन् । संयुक्त राष्ट्र संघले गएको वर्ष ४० प्रतिशत परागसेचन गर्ने जीव विशेषगरी माहुरी र पुतली लोप हुने जोखिम रहेको जनाएको थियो । अब यी किटनाशक हरितगृहमा समेत प्रयोग गर्न पाइने छैन ।

स्रोत ः उज्यालो अनलाईन

प्रतिकृया

प्रतिकृया