एजेन्सि,
९-भदौ / हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीहरुले प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण गरेपछि प्रदर्शनले हिंस्रक रुप लिएको हो ।

प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ । प्रस्तावित ‘सुपुर्दगी विधेयक’ विरुद्ध सुरु भएको विरोध प्रदर्शनले चिनियाँ समर्थक सरकारलाई निशाना बनाएपछि यसले हिंसाको रुप लिएको हो ।

प्रदर्शनकारीहरु गएको तीन महिनादेखि सरकारको विरोधमा सडकमै छन् र यो क्रममा उनीहरुको प्रदर्शनले हिंसाको रुप लिएको छ ।  सुएन वान जिल्लाको नजिकै रहेको एक स्टेडियममा आइतबार प्रदर्शनकारीहरुल ¥याली निकालेका थिए ।


ADVERTISEMENT

   


पानी परेको भए पनि ठूलो संख्यामा मानिसहरु ¥याली सहभागी भएका थिए । त्यही क्रममा कट्टरपन्थी प्रदर्शनकारीहरुको एक समूहले प्रहरीलाई रोक्नको लागि सडकमा अस्थायी अवरोध सिर्जन गरे ।

¥यालीपछि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भयो । प्रहरीले प्रदर्शनकारीहरुको भिडलाई तितर,बितर गर्न चेतावनी दिँदै पहिला झण्डा देखायो र त्यसपछि अश्रुग्यास प्रहार गरेको थियो ।
स्रोत ः उज्यालो अनलाईन

प्रतिकृया

प्रतिकृया