एजेन्सी,
२९-असोज / प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तान जाने पानी रोक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले हरियाणाबाट पाकिस्तान जाने पानी रोकेर सिँचाइका लागि हरियाणाका किसानलाई दिने बताएका हुन् । हरियाणाको दादरीमा एक चुनावी सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘जुन पानी हरियाणाको किसानलाई मिल्नुपर्ने हो त्यो पानी पाकिस्तान गइरहेको छ ।

जुन ७० वर्षदेखि भइरहेको छ अब म यस्तो हुन दिनेछैन । यो पानी भारत र हरियाणाको किसानको हो ।’ प्रधानमन्त्री मोदीले यसका लागि काम पनि सुरु गरेको बताएका छन् ।

 



ADVERTISEMENT

  


 


स्रोत : उज्यालो अनलाईन

प्रतिकृया

प्रतिकृया