काठमान्डौ ,
२२ – पुस  / गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ४० भन्दा बढी घाइते भएका छन् ।

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ । अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो । भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।

स्रोत : अनलाईन खवर

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया