लण्डन,
२४-पुस /  बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारबाट अलग रहने घोषणा गरेका छन्। राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग रहँदै आर्थिक रुपमा स्वतन्त्र रहने घोषणा उनीहरुले गरेका छन्।

परिवारका कसैसँग पनि सल्लाह नगरी गरिएको यो घोषणाबाट राजपरिवार स्तब्ध र दुःखी भएको छ भने महारानी एलिजावेथ ह्यारीको निर्णयबाट रिसाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। राजपरिवारले ह्यारीको यो निर्णय टेलिभिजन च्यानलबाट थाहा पाएका थिए।

राजपरिवारबाट अलग भएपछि आफ्नो समय बेलायत र उत्तरी अमेरिकामा बिताउने चाहना उनीहरुले उल्लेख गरेका छन्। क्यानडाको ६साता लामो भ्रमण सकाएर फर्किएको भोलिपल्टै यो घोषणा आएको हो।

ADVERTISEMENT


  


 


बकिङघर दरबारले विज्ञप्ति जारी गर्दै ड्युक र डचेज अफ ससेक्स (ह्यारी दम्पत्ती) सँग छलफल जारी रहेको र तत्कालै निर्णय गर्न यो निकै जटिल मुद्दा भएको उल्लेख गरेको छ।

ह्यारी दम्पत्तीले यो योजना क्यानडामै रहँदाखेरि नै बनाएको राजपरिवारबाट स्वतन्त्र रहने गरी अलग्गै वेबसाइट चलाउने योजना बनाएको पनि बताइएको छ। अब क्यानडा फर्केपछि उक्त वेबसाइट सार्वजनिक गर्ने पनि जनाइएको छ। उनीहरुले आफ्नो घोषणामा महारानी तथा राजपरिवारका अन्य सदस्यसँग समन्वय भने जारी नै राख्ने बताएका छन्।

प्रतिकृया

प्रतिकृया