दिल्ली
३–चैत / दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० भन्दा धेरै मानिसहरु भेला हुनमा प्रतिबन्ध लगाएका छन् । तर यसबाट विवाह समारोहलाई अलग राखिएको छ ।

अरविन्द केजरीवालले सकेसम्म विवाह समारोहलाई समेत केही दिनका लागि स्थगित गर्न आग्रह गरेका छन् । संक्रामक बिमारी एक्ट १८९७ का अनुसार यो प्रतिबन्ध तत्काल लागु भएको दिल्ली सरकारले जनाएको छ ।

यसको असर नागरिकता संशोधन कानूनका विरुद्ध भइरहेको विरोध प्रदर्शनमा पनि पर्ने छ । दिल्लीको शाहीन बागमा अब प्रदर्शन गर्न पाइने छैन । दिल्लीका मुख्यमन्त्रीले भने, ‘यदि ५० भन्दा धेरै मानिस प्रदर्शनस्थलमा भेला भएमा उनीहरुविरुद्ध संक्रामक बिमारी एक्ट १८९७ का अनुसार इलाकाका डीएमले कारबाही गर्ने छन् ।

अरविन्द केजरीवालले पत्रकार सम्मेलनमा भने, ‘हामीले स्कुल, कलेज,सिनेमा घर र स्विमिंग पुल पहिले नै बन्द गरिसकेका छौँ, आज जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौँ ।’ संक्रमणको फैलावट रोक्नका लागि यस्तो गर्नुपरेको केजरीवालले बताए ।

प्रतिकृया

प्रतिकृया