तुलसीपुर
४–चैत / कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोना विरुद्धको खोप परीक्षण गरिएको अन्र्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरिएको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ । विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् ।

विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेको छन् । अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो । सामान्यतया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो ।

प्रतिकृया

प्रतिकृया