एजेन्सी ,
१ – जेठ / भारतमा कोरोना भाइरस ( कोभिड–१९ ) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार ३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार ७ सय २२ नयाँ संक्रमित फेला परेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार ९ सय २२ पुगेको छ ।

महाराष्ट्रमा अहिलेसम्म नौ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा अहिलेसम्म नौ हजार दुई सय ६७ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच सय ६६ पुगेको छ । भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार एक सय ७३ संक्रमित फेला परेका छन् ।

२ सय ३२ जनाको मृत्यु भइसकेको छ । भारतको पश्चिम बंगालमा दुई हजार दुई सय ९० संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ७ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या तीन हजार सात सय २९ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट ८३ जनाको मृत्यु भएको छ । बिहारमा नौ सय ४० संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा २६ हजार दुई सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्रोत : अनलाईन खवर

प्रतिकृया

प्रतिकृया