तुलसीपुर
२ असार / भारतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ सय ८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ९ हजार नौ सय पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या तीन लाख ४३ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १० हजार ६ सय ६७ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १० हजार ७ सय ४४ संक्रमित फेला परेका छन् भने चार हजार १ सय २८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४६ हजार ५०४ संक्रमित फेला परेका छन् भने ४७९ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४२ हजार ८ सय २९ संक्रमित भेटिँदा एक हजार चार सयको मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५५ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५०५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ४९४ संक्रमित भेटिएका छन् भने ४८५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ६५० संक्रमित फेला परेका छन् भने ४० जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८० हजार १३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया

प्रतिकृया