काठमाण्डौ
असार ९ / विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो । यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ ।

विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ । त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार नाघिसकेको छ भने १ लाख २० हजार बढीको मृत्यु भइसकेको छ । यसैगरी संक्रमित संख्याको आधारमा ब्राजिल १० लाख ८३ हजार बढी संक्रमित सहित दोश्रो स्थानमा रहेको छ भने त्यहाँ ५० हजार बढी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ ।

यस्तै पछिल्लो विश्व विवरण अनुसार रूसमा कोरोनाका कारण ८ हजार बढी मानिसले ज्यान गुमाइसकेको रूसमा संक्रमित संख्या पाँच लाख ९१ हजार पुगेको छ । संक्रमित संख्याको तुलनामा रूसमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या कम छ । यस्तै संक्रमित संख्याको आधारमा भारत चौथो स्थानमा रहेको छ ।

हालसम्म भारतमा ४ लाख २५ हजार बढी मानिसमा कोरोनाको संक्रमण प्रमाणित भइसकेको छ। त्यहाँ १३ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रतिकृया

प्रतिकृया