काठमाडौं
२६-भदौ / भारत र चीनबीच ५ बुँदे सहमति भएको छ । लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्नका लागि भारत र चीनबीच ५ बुँदे सहमति भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच बिहीबार मस्कोमा भएको भेटमा यस्तो सहमति भएको हो। मस्कोमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेशनका सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकका क्रममा दुवै विदेशमन्त्रीबीच भेट भएको हो ।

समाचार संस्था एएनआईका अनुसार दुवै देशका विदेशमन्त्रीको बैठक सकिएपछि चिनियाँ विदेश मन्त्रायलले सीमा विवाद समाधान गर्ने सहमति भएको जानकारी दिएको हो । उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक एलएसीमा थप तनाव बढाउने पक्षमा नरहेको उल्लेख गर्दै भारतको चीननीतिमा कुनै परिवर्तन नआएको जनाएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले पनि दुवै पक्ष सम्बन्ध सुधारको दिशामा अघि बढ्ने क्रममा कुनै पनि समस्या र चुनौती नआउने बताएका छन् । भारत र चीनबीच मन्त्रीस्तरीय बैठक जारी रहेका बेला एलएसीमा पनि सैन्यस्तरमा वार्ता चलिरहेको जनाइएको छ । बिहीबार पनि दुवै सेनाबीच बिग्रेडियरस्तरमा वार्ता भएको थियो ।

प्रतिकृया

प्रतिकृया