दाङ
१६-असोज / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


                                                                                 ADVERTISEMENT



आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताएका थिए । हिक्सले प्राय सधैं मास्क लगाउने गरे पनि कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताएका थिए । ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन ।

उनले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा गएका थिए ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया