काठमाण्डौ 
४ मंसिर/  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतको दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई अब दुई हजार भारु जरिबाना तिराइने बताएका छन् ।


                                                                                 ADVERTISEMENT



यसअघि मास्क नलगाउनेलाई ५ सय भारु जरिबाना थियो । मुख्यमन्त्री केजरीवालले अनिवार्य मास्क लगाउन सरकारले गरेको आग्रह अटेर गर्नेलाई जरिबाना तिराइने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै केजरीवालले छठ पर्वमा एकै ठाउँमा भेला भएर पूजा गर्दा कोरोना भाइरसको संक्रमण थप फैलने जोखिम भएको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यदि तपाईँहरू एकसाथ पानीमा छठ पूजा गर्नुहुन्छ भने यसले उच्च मात्रामा नागरिकमा कोरोना फैलन सक्छ ।’एजेन्सी 

प्रतिकृया

प्रतिकृया