दाङ
१३-मंसिर / परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिने इरानले चेतावनी दिएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको आरोप लगाउनुभएको छ ।


                                                                                 ADVERTISEMENT


 


एक महत्वपूर्ण व्यक्ति गुमाएको इरान शोकमा डुबेको भन्दै उहाँले घटनामा जो कोही संलग्न रहे पनि बदला लिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । इरानी सेनाले पनि फखरीजादेहको हत्या आधुनिक विज्ञानमा आँच पुर्याउने काम भएको प्रतिक्रिया दिएको छ । राजधानी तेहरान नजिकैको सहर अवसार्डमा इरानको शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको थियो ।

घटनामा चार जना बन्दुकधारी पनि मारिएका छन् । तर इजरायलले अहिलेसम्म फखरीजादेह हत्या आरोपको कुनै खण्डन गरेको छैन ।इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ । यसअघि सन् २०१० र सन् २०१२ मा इरानका चार परमाणु वैज्ञानिकको पनि हत्या भएको थियो ।

प्रतिकृया

प्रतिकृया