एजेन्सी ,
१९-पुस/ ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति चीनमा पनि भेटिएको छ । समाचार संस्था रोयटर्सले चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक प्रकाशनको हवाला दिदैं नयाँ प्रजातिको भाइरस भेटिएको जनाएको हो ।


                                                                                 ADVERTISEMENT


 


चीनमा नयाँ प्रजातिको कोरोना एक २३ वर्षीया महिलामा पुष्टि भएको हो। उनी हालैमात्र ब्रिटेनबाट चीन फर्किएकी थिइन् । पहिलो संक्रमण भएपनि चीन यसलाई लिएर धेरै सतर्क बनेको छ। संक्रमण पुष्टि भएको चीनले ब्रिटेनसँग हुँदै आएको सिधा हवाईसेवालाई स्थगित गरेको छ।

कोरोना भाइरसको महामारी गत वर्ष चीनको वुहानबाट सुरू भएर संसारभर फैलिएको थियो । संसारमा पहिले फैलिएको कोरोना भन्दा बढी संक्रामक भएकाले विश्वका धेरै वटा मुलुकले ब्रिटेनसँगको हवाईसहितका आवतजावतमा रोक लगाएका छन्न । याँ प्रजातिको कोरोना ४० देखि ७० प्रतिशत छिटो फैलिने दाबी गरिएको छ।

प्रतिकृया

प्रतिकृया