दाङ
२५-पुस / भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको छ ।


                                                                                 ADVERTISEMENT


 


बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ । आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर ज्यान गएको अस्पतालले जनाएको छ ।

विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रमा मुख्यमन्त्री ठाकरेलगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया

प्रतिकृया