काठमाडौं
२७-पुस / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ । तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने चेतावानी दिएकी छिन् ।


                                                                                 ADVERTISEMENT


 


डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोग माथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका बीबीसीले जनाएको छ । ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेका हुन् । यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदो जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका बेला राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गरेका हुन् । उनले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका थिए । तर यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन् ।

प्रतिकृया

प्रतिकृया