काठमाडौं
४-फागुन / अमेरिकाको संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि स्वतन्त्र आयोग गठन हुने भएको छ । गएको जनवरी ६ तारिखमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिंसात्मक आक्रमणको स्वतन्त्र छानबिन हुने अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले जानकारी दिएकी छिन् ।


                                                                                 ADVERTISEMENT


 


संसद भवनमा भएको आक्रमण किन र कसरी भयो भन्ने सत्य तथ्य थाहा पाउनु पर्ने उनको भनाइ छ । संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो भने यो ट्रम्पकै उक्साहटमा आक्रमण भएको आरोप लागेको थियो ।

अमेरिकाको माथिल्लो सदन सिनेटले संसद भवनमा भएको आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पलाई लागेको महाभियोगबाट उन्मुक्ति दिएको छ ।

प्रतिकृया

प्रतिकृया