काठमाडौं
५-फागुन / अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बतााएका छन् । टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले क्षति गरेको छ ।


                                                                                 ADVERTISEMENT


 


साथै टेक्सासमा आपतकाल घोषणा गरिएको छ भने त्यस ठाउँमा विद्युत सेवा पनि अवरुद्ध भएकोे छ । केही राज्यमा विद्यालय बन्द गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रतिकृया

प्रतिकृया