काबुल पनि कब्जा गर्न सक्ने सम्भावना
काठमाडौं
२९-साउन/ तालिबानको विद्रोही समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर घाज्नी र हेरात सहर कब्जा गरेको बताएको छ । तालिबानले यी देशमा कब्जा जमाएकोमा आफ्नो ठूलो जित मानेको छ ।रणनीतिक रुपमा मुख्य मानिने घाज्नीमा कब्जा जमाए पछि तालिबानले अब राजधानी काबुलमा पनि कब्जा गर्ने सम्भावना बढेको छ ।


                                                                         बिज्ञापन
   



घाज्नी काबुलदेखि १५० किलोटिर दूरीमा पर्छ । तालिबानले अफगानिस्ताको दोस्रो ठूलो सहर कान्दाहारलाई पनि कब्जामा लिएको छ । कान्दाहारमा भीषण युद्ध चलिरहेको छ । युद्धका कारण हजारौँ मानिस विस्थापित भएका छन् । तालिबानको सक्रियता बढेसँगै अफगान सरकारले धेरै ठाउँमा नियन्त्रण गुमाउँदै गएको छ ।

विशेष गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकुले आफ्नो पकड बढाउँदै लगेको बीबीसीले जनाएको छ । तालिबानले धेरै सहरलाई कब्जामा लिन थालेसँगै सरकारी वार्ता टोलीले सत्ता साझेदारीको प्रस्ताव गरेको छ ।

आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । तर, तालिबानले भने स्थायी शान्ति स्थापनाको लागि राष्ट्रपति असरफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।

प्रतिकृया

प्रतिकृया