काठमाडौं
३१-साउन/ हाइटीमा ७.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने करिब १८ सय बढी घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।


                                                                         बिज्ञापन
   



स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट–लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंग्रिदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको चपेटामा परेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई अनुरोध गरेका छन् ।

प्रतिकृया

प्रतिकृया