काठमाडौं
१८-भदौ/ अमेरिकामा आँधी पछि आएको बाढीमा परी मृत्यु हुनको संख्या ४१ पुगेको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।


                                                                         बिज्ञापन
   



समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा बाढी आएको हो । बाढीका कारण न्यु जर्सीमा २३ जनाको मृत्यु भएको त्यहाँका गर्भनर फिल मुर्फीले बताएको बीबीसीले जनाएको छ । त्यस्तै, न्यु योर्कमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ वर्षका बालक समेत रहेको खबरमा उल्लेख छ । बाढीमा परेर अझै केही फसिरहेकाले उद्धारको काम भैरहेको बताइएको छ ।  त्यस्तै, पेन्सिलभेनियाको फिलाडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको मृत्यु भएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्न ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताएका छन् । उनले अहिले अमेरिकाले देशैभरी जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको ‘जीवन वा मरणको सवाल भएको’ बताएका छन् ।

प्रतिकृया

प्रतिकृया