काठमाडौं
४-कार्तिक/ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको संक्रमण अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ । कोरोना भाइरस विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो ।

गरिब देशले आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोरोनाको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

‘डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु भनेको नै कोरोनाको महामारी सन् २०२२ सम्म लम्बिनु हो, भनेका छन् ।’ धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरुले कम आय भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उनको भनाइ छ ।

त्यस्तै उनले धनी देशहरुलाई प्रतिवद्धता अनुसारको खोपको आपूर्ति गर्न पनि आग्रह गरेका छन् ।

प्रतिकृया

प्रतिकृया