काठमाडौं
६-मंसिर/ गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा सातजना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना नेपालीहरु रहेको अधिकारीहरूको भनाइलाई उद्धत गर्दै डेलिमेलले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने सात जनामा एक महिला समेत रहेको उल्लेख छ । मृतकको हालसम्म सनाखत हुन सकेको छैन । १५ जना आप्रवासी बोकेको गाडी प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनामा घाइते हुनेमा चार जना पाकिस्तानी, दुई जना नेपाली र एक जना अफगानी छन् ।

प्रतिकृया

प्रतिकृया