काठमाडौं
८-पुस/ कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको सियान सहरमा लकडाउन भएको छ । शान्शी प्रान्तमा रहेको सियान सहरमा लकडाउन गरिएको हो । लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने नाकामा कडाइ गरिएको छ । सियान विमानस्थलबाट हुने धेरै उडान समेत स्थगित गरिएका छन् ।

अत्यावश्यकबाहेकका व्यापार व्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । एक करोड ३० लाख जनसंख्या रहेको यो सहरका नागरिकलाई घर भित्रै बस्न भनिएको छ । सियानमा गएको मंसिर २३ गते पछि १ सय ४३ जनामा संक्रमण पाइएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीका अनुसार अहिले त्यहाँ कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको हो ।

प्रतिकृया

प्रतिकृया