काठमाडौं
१८-चैत/ दक्षिण कोरियाली वायुसेनाको प्रशिक्षक लडाकु जेट देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । केटी-१ जेट राजधानी सोलबाट करिब ४ सय ४० किलोमिटर दक्षिणपूर्वस्थित साचियोनको धान खेतमा कोरियाली समयअनुसार शुक्रबार दिउँसो १ बजेर ३६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त दुर्घटनामा एक जना सिकिस्त भएको बताइएको छ । दुर्घटनामा परेको जेटमा लागेको आगो निभाउन र उद्धारका लागि २ हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् ।

प्रतिकृया

प्रतिकृया