काठमाडौं
१२-जेठ/ रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा संकटकालको घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले संकटकालको घोषणा गरेका हुन् ।
उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र संकटकाल घोषणा गर्नुपरेको बताएका छन् । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले मंगलबार मात्रै नयाँ सरकार गठन गरेका थिए ।

बुधबारदेखि लागू भएको संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संकटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक संकटसँगै बढ्दो अभाव र महङ्गी न्यूनीकरणका लागि सहयोग पुग्ने हङ्गेरी सरकारले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया