काठमाडौं
५-असोज/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले युक्रेन युद्धका कारण विश्व समुदाय भोकमरीमा फस्दै गएको बताएका छन् । अमेरिकाको न्युयोर्कमा सुरु राष्ट्रसंघको ७७ औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, भोकमरी र महँगीले विश्वको अवस्था खतरा उन्मुख रहेको बताएका हुन् ।

           


साथै बढ्दै गएको अमानवीयतालाई रोक्न विश्व समुदाय तयार नभएको महासचिव गुटरेट्सले गुनासो गरेका छन् । युक्रेन युद्धपछि उदायको शितयुद्धका कारण विश्वमा खाद्य संकट चुलिँदै गएको र सो समस्याको समाधानमा कुनै पहल नभएको उनको भनाई छ ।

युक्रेनबाट जहाज चार्टर गरि अफ्रिकामा खाद्यन्न पुर्‍याएको तस्वीर देखाउंदै महासचिव गुटरेट्सले लाखौं जनसंख्याले खाद्य संकट भोग्नु परेको बताए । हालको समस्या समाधानका लागी संयुक्त पहल आवश्यक रहेको समेत उनको भनाई छ ।

 

प्रतिकृया

प्रतिकृया