काठमाडौं
४-माघ/ युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा परी आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बालबालिका छन् भने १० जना बालबालिकासहित २२ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको प्रहरी अधिकारीलाई उद्धत गर्दै बीबीसीले जनाएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर दुर्घटना भएर खसेको थियो । दुर्घटनामा परेको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिकृया

प्रतिकृया