दाङ
२८-वैशाख/ पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन् । पक्राउ पर्नुअघि उनले भिडिओ सन्देशमा पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।
पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेका छन् । पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ । पाकिस्तानको एक अदालतले हिजो पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहरसमेत गरेको छ । पूर्व प्रधानमन्त्री खान मंगलबार पक्राउ परेका थिए ।