बेलायत, 
२९-बैशाख / बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले नाइजेरिया र अफगानिस्तानलाई भ्रष्ट देशको संज्ञा दिएका छन् । भोलिदेखि बेलायतमा हुने भ्रष्टाचार विरोधी शिखर सम्मेलनको पुर्व सन्ध्यामा उनले यस्तो बताएका हुन् ।

web-top-h1
उनले भ्रष्ट देशका नेताहरु बेलायत आउन लागेको समेत बताएका छन् । उनले नाइजेरिया र अफगानिस्तान दुवै देश संसारका सबैभन्दा भ्रष्ट देश भएको उल्लेख गरेका थिए ।

ट्रान्सफरेन्सी इन्टरनेशनलले सन् २०१५ मा सार्वजनिक गरेको तथ्यांक अनुसार भ्रष्टाचार सूचांकमा अफगानिस्तान १ सय ६७ स्थानमा सोमालिया र उत्तर कोरिया भन्दा अघि जबकी नाइजेरिया १ सय ३६ स्थानमा रहेको थियो ।

नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले गतवर्ष चुनाव जिते पछि मुलुकमा फैलिरहेको भ्रष्टाचारको विरुद्धमा लड्ने प्रतिबद्धता गरेका थिए । बेलायतमा भोलीदेखि सुरु हुने शिखर सम्मेलनले संसारबाट भ्रष्टाचार हटाउने प्रेरित गर्नेछ ।

web-bot-h1

प्रतिकृया

प्रतिकृया