देशैभर मंसिर ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । दाङ क्षेत्र नं। ३ (ख) मा पाँचदलिय गठबन्धनबाट प्रदेश सभा सदस्य पदमा माओवादी केन्द्रले धनबहादुर मास्की (राजेश) लाई उम्मेदवार बनाएको छ । सोहीअनुसार मास्की चुनावी सभा, घरदैलोलाई नियमित बनाएका छन् । उम्मेदवार मास्कीलाई किन भोट दिने रु उनको चुनावी एजेण्डा के रु लगायतका विषयमा तुलसीपुर अनलाइनकर्मीले उम्मेदवार मास्कीसँग गरेको कुराकानी ।
स्वागत छ तपाइलाई ।
धन्यबाद ।
अहिले गठबन्धनबाट दाङ क्षेत्र नं। ३ (ख) मा प्रदेश सभा सदस्यका लागि तपाईलाई पार्टीले उम्मेदवार बनाएको छ, कस्तो अनुभव गर्नु भएको छ ?
म १९ वर्ष देखि नै नेपालको राजनीतिक व्यवस्था परिवर्तनको लागि संघर्ष गरेको एउटा योद्धा हुँ । मेरो पेशा भनेकै राजनीति हो । म अहिलेसम्म राजनीतिक उपलब्धिहरुको जगमा नेपाली समाजको उन्नतीको लागि, विकासको लागि नेपालको समृद्धिको लागि निरन्तर राजनीतिक अभियानमा खटि रहेको छु । यही सन्दर्भमा मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ क्षेत्र नं। ३ ९ख० मा प्रदेश सभा सदस्यको लागि गठबन्धनको तर्फबाट पार्टीले मलाई उम्मेदवार बनाएको छ, अहिले म उम्मेदवारको रुपमा अगाडी बढेको छु, मैले हिजो राजनीतिक व्यवस्था परिवर्तन गर्नको लागि लडे र आज यो देशमा गणतन्त्र आएको छ, नयाँ संविधान बनेको छ र हामी सबै नेपालीहरुको हक नेपालको संविधानमा सुरक्षित गरेका छौ तर हाम्रो समाजको विकास जुन गतिमा हुनु पर्ने हो त्यो विकास हुन सकेको छैन् । त्यसमा पनि पश्चिम दाङको समग्र विकासका लागि हेर्ने हो भने धेरै विकास गर्न आवश्यक छ त्यसकारण समग्र पश्चिम दाङको विकास र हितको निम्ती, समाज परिवर्तनका लागि मैले ठुलो अवसर प्राप्त गरेको अनुभुति गरेको छु ।
तपाईको चुनावी एजेण्डा के हो ?
मुल कुरा त हामी प्रतिगमनका विरुद्ध लड्ने हो । राजनीतिक हिसावले हामीले प्रतिगामी सोच र चिन्तन राख्ने शक्तिलाई एकहदसम्म पराजित गरि सकेका छौ । तर अझै पनि ति सोच र चिन्तनहरु एताकता रही रहेको देखिन्छ त्यो परिवेक्षमा हामीले सचेत रुपमा त्यस्ता सोच र चिन्तन भएका खासगरी गणतन्त्र र संविधानको रक्षा गर्नको निम्ती लड्छौ यो एउटा कुरा भयो । अर्को कुरा पश्चिम दाङको आम मतदाताले राजेशलाई मत किन दिने रु भन्ने प्रश्नसंग पनि जोडिन्छ त्यसको लागि मुख्य कुरा पश्चिम दाङ भुगोलका हिसावले समथर दाङ हो, माटोको हिवासले उर्वर भुमी हो, तर यो क्षेत्रको कृर्षि क्षेत्रको उत्पादकत्व बढाउनको लागि आवश्यक पहल भएको देखिदैन्, त्यस हिवासले पनि यस क्षेत्रको समग्र उत्पादन प्रणाली बढाउनका लागि, कृर्षिलाई आधुनिकिकरण गर्ने हाम्रो मुख्य एजेण्डा हो । त्यसैगरी पश्चिमका सबै सडक सञ्जाल व्यवस्थित गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कुरामा हाम्रो एजेण्डा छ । त्यस्तै पश्चिम दाङमा म आफैले देखेको कुरा महिला मतदाताहरुको अवस्था हेर्दा पनि महिला शसक्तिकरण र आत्म निर्भरता बढाउनको लागि पनि राज्यको तहबाट आवस्यक पहल गरि पश्चिम क्षेत्रको महिला उत्थानको लागि स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ । पश्चिम क्षेत्र आफैमा हराभारा र पर्यटकिय हिसावले पनि अगाडी बढाउन आवश्यक छ । पश्चिम क्षेत्रमा रहेको पर्यटकिय केन्द्र पुरन्धारा छहरा, मठमन्दीर, दंगीशरणलगायत समग्र पश्चिम दाङको विकासका लागि हाम्रा धेरै एजेण्डाहरु छन् ।
मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
पहिलो कुरा म आफैमा पश्चिम दाङको मान्छे हुँ । अहिले पश्चिम क्षेत्रको आम मतदाताहरुमा एउटा गहिरो आरोप के छ भने पहिले जती पनि निर्वाचित गराएर पठाइएका प्रतिनिधिहरु छन् उनीहरु फर्केर फेरी पश्चिममा दाङमा आउँदैनन् । अहिले म पश्चिनम क्षेत्रको उम्मेदवार भएकाले पनि म लगायत गठबन्धनका उम्मेदवारबाट आम जनतामा एउटा आशा पलाएको छ । उहाँहरुले पश्चिम क्षेत्रले लिडरसिप पाउँदैछ, पश्चिम क्षेत्रको हित र विकासको लागि नजिकको उद्येन नै प्यारो हुन्छ भने झै टाढाको आरन खोज्ने पक्षमा जनताहरु हुनुहुँदैन्, त्यसकारण मैले जती मतदाताहरुलाई भेटेको छु, सबै ठाउँका प्रतिक्रिया जोडेर हेर्दा म प्रति जनताहरु निकै उत्साहित र आशावादी भएको पाएको छु ।
तपाईले चुनाव जित्ने आधार के ?
म पश्चिम दाङमा जन्मिएर, त्यही हुर्केको व्यक्ति हुँ । मैले मश्चिम क्षेत्रको हरेक समस्यालाई नजिकबाट नियालेको छु । त्यहाँ के कुराको आवश्यकता छ, के गर्दा पश्चिम क्षेत्रको विकास हुन्छ सबै विषयमा जानकार छु, र त्यहाँको हरेका किसिमका विकास निर्माणका कार्य, हरेक समस्यामा जनताको साथमा रहेर काम गरेको व्यक्ति पनि हुँ । यो पकटकको निर्वाचनमा मलाई किन जिताउने भन्ने कुरामा आम मतदाताहरु जानकार पनि हुनुहुन्छ । त्यसकारण पनि मैले चुनाव जित्छु ।
व्यक्तिगत कुरा गारौ, कहाँ, कहिले जन्मिनु भएको हो ?
म हालको बबई गाउँपालिका वडा नं। ४ हापुरेमा बुवा मान बहादुर मास्की र आमा रत्नी मास्कीको कोखबाट २०३३ साल कात्तिक १२ गते जन्मिएको हुँ । मेरो बाल्यकाल पश्चिम दाङमै वितेको थियो । मैले २०३८ सालदेखि मावी पदमपुरबाट पढाई सुरु गरे । त्यसपछि मावी हंशपुरमा पढे र २०५१ सालमा सल्यानको खलङगाबाट एसएलसी पास गरे । एसएलसी पछि म राजनीतिमा लागेकाले मेरो पढाई रोकियो । माओवादी शान्ति प्रक्रियामा आईसकेपछि फेरी काठमाडौंबाट आइए पास गरे । म सानै उमेर देखि बिद्रोही स्वभावको थिए । म समाजको लागि परी आयो भने जे पनि गर्न तयार हुनुपर्छ भन्ने चेतना राख्थे । त्यकारण त्यो बेला मेरो आफन्त सबै जनमोर्चामा आवद्ध भएकाले म पनि जनमोर्चा तिर झुकाव राख्थे । तर देशमा जनयुद्ध सुरु भएपछि म पनि २०५२ सालदेखि नै माओवादी केन्द्रमै रहेकर राजनीति गरिरहेको छु । नेपालमा २०४६ सालको आन्दोलनपछिका हरेक आन्दोलनमा म सक्रिय भएर लागेको व्यक्ति हुँ, र अहिले म पहिलो पटक चुनावी मोर्चामा सहभागी भएको छु ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
रुसर्व प्रथम त चुनावको बारेमा, पश्चिमी जनताहरुको आवश्यकताको बिषयमा केही कुरा राख्न पाए यस्को लागि हार्दिक आभार व्यक्त गर्न चाहान्छु । मंसिर ४ आउँदैछ, यो प्रचार प्रसारको क्रममा यहाँहरु सबैको घरदैलोमा विभिन्न पार्टी र नेताहरु, उम्मेदवारहरु आउनु भएको होला, यती बेला विशुद्ध पार्टीका हिसावले भन्दा पनि कुन व्यक्ति र कुन नेतृत्वलाई हामीले जनप्रतिनिधि बनाउँदा हाम्रो क्षेत्रको साँच्चिकै विकास हुन सक्छ, साँच्चिकै त्यो व्यक्तिले पहल लिएर विकास गर्न सक्छ भन्ने कुराको ख्याल गर्न मतदाताहरुलाई आग्रह गर्न चाहान्छु । म पाँच लदिय गठबन्धको तर्फबाट उम्मेदवारी दिएको छु । गठबन्धनका सबै उम्मेदवारलाई जिताएर पठाउनु भयो भने पश्चिम क्षेत्रको विकास गर्नेछौ भन्ने मतदातामा विश्वास मतदातामा दिलाउन चाहान्छु ।