तिर्थराज ज्ञवाली,मसुरीया
२४ – असोज/ सहकारीले समुन्नत र समृद्ध राष्ट्र निर्माणमा राम्रो भुमीका खेलेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले बताएका छन ।  उनले सहकारीहरुमा कहि कतै केहि समस्या देखीएको भएपनि धेरै सहकारीले गरिव विपन्न नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउन मदत गरेको बताए ।

हाम्रो वचत तथा ऋण सहकारी संस्थाको बुधवार एघारौ साधारण सभा तथा छैठौ अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष सुवेदिले गरिव विपन्न नागरिकको पहिचानगरि सरल कर्जा तथा उचित ब्यजदर दिएर विपन्न परिवारको स्तर बृद्धिमा सहकारीहरुले काम गर्न समेत अनुरोध गरे ।

सहकारी सस्थाँका अध्यक्ष प्रेम बहादुर केसीको अध्यक्षता राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा सम्पन्न एघारौ साधारण सभा तथा छैठौ अधिबेशनको उद्घाटन कार्यक्रममा नेपाली काग्रेशका दुर्योधन पाण्डे, हरियाली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, समय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण आचार्य, महाप्रभुका वचत तथा ऋण सहकारी संस्थाका केशव आचार्य, तारा प्रसाद भुसाल, ,सुमित्रा पाण्डे लगायतकाले शुमकामना व्यक्त गरेका थिए ।


ADVERTISEMENT

  



राप्ती गाँउपालिका क्षेत्र भित्र रहेर वचत तथा ऋण सहकारीको रुपमा रहेको हाम्रो वचत सहकारीले गत आर्थिक वर्षमा ४२ लाख ९२ हजार ८ सय ११ बरावरको रोवार गरेको साधारण सभामा जानकारी गरिएको छ । साधारण सभामा हाम्रो वचत सहकारीले गत आर्थिकमा वर्ष आम्दानि ७ लाख ८९ हजार ३ सय ३१ आम्दानी गरेको छ ।

१ सय ७२ सदस्य रहेको सहकारी संस्थाले शिक्षा, कृषि,बैदेशिक रोजगार, घरायसि कर्जा लगानि गरेको बताईएको छ ।

प्रतिकृया

प्रतिकृया