ओमप्रकाश गुप्ता,लालमटिया
२५ पुस/ राप्ती गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधवार देखि राप्ती गाउँपालिका वडा नम्बर २ को टुडीखेल बराखुटीमा वडा स्तरीय व्याटमिन्टन,फुटबल तथा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अतिथिमा भएको खेल उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुवेदीले खेलकुद नै राष्ट्रको चिनारी भएको बताएका छन् ।

उनले खेलकुदको माध्यमबाट क्षमता,नेतृत्व तथा बोद्धिक विकासका साथै एक आपसमा मित्रता बढ्ने बताएका थिए । वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी,क्रिकेट संयोजक हेमराज पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


ADVERTISEMENT

  



वडा सदस्य बसन्त नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव सिता भण्डारीले गरेकी थिइन् । यसै बिच बुधवार भएको व्याटमिन्टन खेलमा भालुवाङका श्याम रोका र हिरामणी शर्मा प्रथम भएका छन् भने भालुवाङकै मोहन श्रेष्ठ र नारायण रोकाले दोस्रो स्थान हासिल गरेको खेल संयोजक उमेश अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै भएको क्रिकेट खेलमा आयोजक ए र सी बिच भएको म्याच मा टिम ए ले टस जिजेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १०७ रन बनाई १०८ को लक्ष्य टिम ए लाई प्रस्तुत गरेको थियो जवाफी ब्याटिङ गर्दै टिम ए ले १०.२ ओभरमा २ विकेटको नोक्सानीमा सजिलै लक्ष्य प्राप्त गर्यो । टिम ए को तर्फवाट तुफनी ब्याटिङ गर्दै सन्दिप केसीले ५६ रनको तुफानी ब्याटिङ गरेका थिए ।

प्रतिकृया

प्रतिकृया