मेगमन बुढा, राजपुर
११ असार / राजपुर गाउँपालिकाको सातौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि ५० करोड ८७ लाख १७ हजारको बजेट बुधबार बिनियोजन भएको छ । गाउँपालिकाको १ नम्बर वडादेखि ७ नम्बर वडाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा संचालन भएको सातौं गाउँसभामा चालू तर्फ १० करोड, १३ लाख, ६७ हजार र पूंजीगत तर्फबाट ४० करोड, ७३ लाख, ५० हजारको आयव्यय विवरण राजपुर गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष धनपतीदेवी यादवले प्रस्तुत गरेकी थिइन् ।

मुलनारा “स्वास्थ्य र समृद्ध राजपुर गाउँपालिकाको विकास, कृषिको व्यवसायी करण प्रवद्र्धनको लागि न्यूनतम लागतमा एक फर्म एक बोयर बोका अन दान अनुदान, पर्यटन प्रवद्र्धनको लागि राजपुर कला संस्कृति संरक्षण मेला, लघु उद्यम विकास र प्रवद्र्धनको लागि सहकारी संस्था संगको सहकार्यमा कोसेली घरको व्यवस्था, जनतालाई स्थानीय स्तरमा नै अप्रेसन सहितको आँखा, अन्य स्वास्थ्य जाँच सेवा सहितको एकीकृत घुम्ती शिविर, वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन स्वरोजगार कार्यक्रम संचालन गर्ने, अपांगहरुलाई सहज जीवनयापनको लागि “अपांग हाम्रा साथी कार्यक्रम, असल नागरिक निर्माण गर्न बालबालिकालाई जीवन उपयोगी सीप सम्बन्धि, खेलकुद विकासको लागि गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता संचालन, राजपुर गाउँपालिकाका महत्वपूर्ण गौरवका योजनाहरु माररी, सिरिया सडक, जंग्रहवा, खाङ्ग्रा सडक, गोठुवा सुनपथरी सडक, गुरुङ नाका, खाङ्ग्रा, भौवा पुर्वपश्चिम सडक, गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माण मोटर बाटोहरु तथा खेलकुद मैदानलाई गाउँपालिकाको गौरवका योजनाको रुपमा विकास गर्ने गाउँपालिका अध्यक्ष लोकराज केसीले निति तथा कार्यक्रम मार्फत प्रस्तुत गरेका हुन् ।

त्यसैगरी युवाहरुको लागि लागु पदार्थ दुव्र्यसन विरुद्धका कार्यक्रम, विद्यालय तथा शिक्षकहरुलाई प्रोत्साहन गर्न तहगत रुपमा पुरस्कृत, महिला स्वयंसेवीकालाई यातायात खर्च तथा अबलोकन भ्रमणको व्यवस्था, जेष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्र र तिर्थाटन कार्यक्रम संचालन, गाउँपालिका कार्यालय तथा विद्यालयमा ई–हाजिरीको व्यवस्था, कर्मचारी स्वमुल्यांकन कार्यक्रमबाट पुरुस्कृत गर्ने लगायतको कार्यक्रमलाई सातौं गाउँसभाद्वारा पहिलो प्राथमिकतामा राखिएको अध्यक्ष केसीले बताए ।

प्रतिकृया

प्रतिकृया