प्रिया स्मृती गजमेर, लमही
२६-भदौ / लमही नगरपालिका वडा नं. ६ देउपुरमा रहेको केयर भिजन सुधार गृहले सामाजिक क्षेत्रमा आफ्नो सकृयता बढाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन समुदायस्तरमा जनचेतना मुलक कार्यक्रम सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण अभियानको रुपमा थालेको छ ।

शुक्रबार वडा प्रहरी कार्यालय लमहीबाट शुरु भएको मास्क, स्यानिटाइजर, पञ्जा वितरण कार्य समुदायस्तरमा समेत गरिएको सुधार केन्द्र सञ्चालक मध्यका एक गिरीराज ज्ञवालीले जानकारी दिए । वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक पुरान मल्ललाई दुई प्याकेट सर्जिकल मास्क, एक प्याकेट पञ्जा र स्यानीटाइजर हस्तान्तरण गरिएको छ ।

सुधार केन्द्रमा कार्यरत गिरीराज ज्ञवाली, राकेश सुनुवार, गणेश बुढा, टिका बस्नेत, पवन थापा, सन्तोष न्यौपाने सहितको टोली सचेतना अभियानमा खटिएको हो । २०७४ सालमा स्थापना भएको सुधार केन्द्रले लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गरेर समाजमा पुर्नस्थापनाको काम गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया