NEW YEAR 2078 – GREETINGS
          


प्रिया स्मृती गजमेर,लमही ५ मंसिर/ बजारमा मानिसहरु मास्क नलगाई हिड्न थालेपछी मास्क खोइ अभियान शुरु भएको छ । कोरोना भाइरसको गति तिब्र हुन थालेको भन्दै जनचेतना फैलाउन आवस्यक रहेको सरोकारवालाको भनाई छ । शुक्रबार दाङको मुख्य बजार क्षेत्रमा कर्मचारीले मास्क खै अभियान संचालन गरेका हुन ।

बिस्तारै मानिसहरु खुलेआम स्वास्थ्य मापदण्ड अपनाउन छोडेको कारण संक्रमण फैलिदै गएको छ जस्का कारण समाजमा चेतना फैलियोस भनेर हामीले जिल्लाका मुख्य ब्यापारिक केन्द्रमा यो अभियान शुरु गरेका हौ दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले बताए ।

दाङको लमही, घोराही, तुलसीपुर क्षेत्रका कर्मचारीले बजारको मुख्य क्षेत्रमा पुगी व्यपारी, सर्बसाधरणलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै मास्क खै रु अभियान संचालन गरिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताए ।

अयिभानमा लमही क्षेत्रका मालपोत, नापी कार्यालय, इलाका प्रशासन, अस्पताल , नगरपालिका लगायतका क्षेत्रमा कार्यरत कार्यचारीहरुले यस्तो अभियान चालेका हुन । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा स्थानीय पालिकाको संयोजनमा अभियान संचालन गरिएको हो ।

लमहीमा पनि कर्मचारीले मुख्य चोक चोकमा पुगेर बजार आएका मानिसलाई तपाइको मास्क खै ? भन्दै र कोरोना बाट वचन अनिवार्य मास्क लगाउनुस भनेर आग्रह गरेका छन ।

कर्मचारीले मास्क लगाउन आग्रह गर्दै सवारी साधनमा पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालन गर्न र मास्क लगाउन आग्रह गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले जानकारी दिए ।

अभियानमा अटेरी गर्ने मास्क नलगाई हिडडुल गर्नेलाई चेतावनी स्वरुप एकसय रुपियाँ जरीमाना समेत गरेको छ । प्रहरीले लमही क्षेत्रमा मात्रै एकसय जनालाई मास्क नलगाएको भन्दै जरीमाना गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख राजन पौडेलले बताए ।

प्रतिकृया

प्रतिकृया