प्रिया स्मृती गजमेर, लमही
१२-मंसिर / नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा स्कुल अफ डेमोक्रेसीका केन्द्रिय अध्यक्ष नयन सिङ्ग महरले सिंगो पार्टीलाई सहि मार्गमा डोर्याउनका लागि र सचेत गराउने उद्देश्यले स्कुल अफ डेमोक्रेसी संगठन खोलेर अभियान चलाउन थालेको बताए ।
पछिल्लो समयमा पार्टीभित्र देखिएको तिक्तता, मन मुटाव र बिमेललाई चिर्दै पार्टीलाई एक जुट बनाएर अगाडी लैजान पर्ने आवश्यकता देखिएकोले राजनीतिमा खारिएका बौद्धिक सर्कल, बिभिन्न जिम्मेवारी बहन गरि सकेका व्यक्तित्वहरुलाई समेटेर स्कुल अफ डेमेक्रेसी खोलिएको उनको भनाई छ । नेता र कार्यकर्ताको चाहाना अनुसार कांग्रेस पार्टीको महाधिबेशनमा पनि लागेको बताए ।
नेपाल प्रेस युनियन दाङ्ग देउखुरीले दाङ्गको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महरले यस्तो बताएका हुन । कार्यक्रममा नेता महरले गुट र उपगुटका कारण कांग्रेसमा समस्या सिर्जना भएको बताए । अझै पनि बुथ कमिटि देखि लिएर केन्द्रिय कमिटिसम्म पार्टी भित्र गुट–उपगुट भएको भन्दै यो अन्त्य हुन आवश्यक भएको बताए ।
देशको ७७ जिल्लामा संगठन बिस्तार हुने जानकारी गराउदै अहिले ६२ जिल्लामा संगठन बिस्तार भैसकेको बताए । जनताले अधिकार पाए पनि परिवर्तन हुन नसकेको भन्दै नेता महरले अब जनताले परवर्तन चाहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी, नेपाली कांग्रेस महासमिति सदस्य प्रदिप राज शर्मा, नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का उपसभापति देवान जंग चौधरी, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष पवन कुमार यादव, सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशका संयोजक केपी घिमिरे, स्कुल अफ डेमोक्रेसी दाङ्गका सचिव लिला शाह, लमही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा कांग्रेसका युवा नेता सुबाष न्यौपाने, प्रजातान्त्रिक समाज दाङ्गका जिल्ला सदस्य गोबिन्द कुमार ओली, तरुण दल क्षेत्रीय सचिव सुमन अधिकारी, देउखुरी बहुमुखी क्याम्पस नेबिसंघका निवर्तमान सभापति सुमन कालाथोकी, नेबिसंघ लमही नगर कमिटिका अध्यक्ष कौशल अधिकारी, रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुख हरण यादव लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस युनियन दाङ्गका सहसचिव शिबराज खनालको अध्यक्षता तथा स्कुल अफ डेमोक्रेसीका केन्द्रिय अध्यक्ष नयन सिङ्ग महरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल प्रेस युनियनका जिल्ला सदस्य तथा रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुख हरण यादवको स्वागत रहेको कार्यक्रमको संचालन नेपाल प्रेस युनियन दाङ्गका जिल्ला सदस्य प्रिया स्मृती गजमेरले गरेका थिए ।