प्रिया स्मृती गजमेर, लमही
२६-पुस / घरको छतबाट लडेर देउखुरीमा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट लडेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट लड्दा घाइते भएको र उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


                                                                                 ADVERTISEMENT


 


प्रतिकृया

प्रतिकृया