तिर्थराज ज्ञवाली, देउखुरी
२७-पुस / लागु पदार्थ दुर्वेशनी त्यागौं खेलकुदमा लागौं भन्ने अभिप्रायका साथ राप्ती गाउँपालिका वडा नं. ६ मा खेलकुद प्रतियोगीता सुरु भएको छ । वडा कार्यालयको यस आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार माघी पर्बको आगमनको अवसरमा खेलकुद प्रतियोगीताको आयोजना गरिएको वडा सचिव मंगलप्रसाद चौधरीले बताए ।


                                                                                 ADVERTISEMENT


 


विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिबल तथा फुटबल प्रतियोगीताको आयोजना गरी नयाँ खेलाडीको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगीताको आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताए । सोमबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै खेलकुदमा लाग्ने सम्पुर्ण खेलाडी, दर्शक खेलप्रति व्यस्त भएमा दुर्वेशनीमा लाग्ने संभावना कम हुने र शारिरीक स्र्फुतीका कारण रोगबाट समेत बच्न सक्ने सम्भावना बढी हुने उनको भनाइ छ ।

वडा नं. ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समुहको सहभागीता रहेको छ । प्रतियोगितामा विजयी समुहलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने गरिने छ ।

प्रतिकृया

प्रतिकृया