लमही
३१ जेठ / कोभिड १९ को व्यवस्थापनमा केही सहयोग पुगोस् भनेर दाङको लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकिलाई दुईलाख साठी हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।


                                                                         बिज्ञापन
   



लमही नगरपालिका वडा नम्बर ५ निवासी हाल क्यानडा बसोबास गर्दै आउनु भएका निरञ्जन थापाले आयोजना गरेको गो–फन्ड नामक संस्था र थापाका केही साथिहरूको आर्थिक सहयोगबाट संकलित दुई थान बेड, दुई थान अक्सिजन कन्सन्ट्रेटर लमही अस्पताललाई हस्तान्तरण गरिएको हो ।

यस्तै सिसहनियाँ स्वास्थ्य चौकिलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरिएको छ । उक्त सामाग्री निरञ्जन थापाको बुवा नरेन्द्र बहादुर थापा, आमा पार्वती देवि थापा र राप्ती गाउँपालिका तरूण दलका अध्यक्ष आशिष पौडेलले अस्पतालमा पुगेर लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, उपप्रमुख देवका बेलबासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी र लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जिता महतोलाई हस्तान्तरण गरेका हुन्।

प्रतिकृया

प्रतिकृया