प्रिया स्मृती गजमेर, लमही
१२ भदौ/ मोटरसाइकलमा आगजनी गरेको आरोपमा देउखुरीमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका ८ खोलीगाउँ निवासी ३५ वर्षिय अशोक चौधरी रहेका छन् । चौधरीलाई इलाका प्रहरी कार्यालय अमिलियाले गएराती नियन्त्रणमा लिएको हो ।

यस्तो छ आगजनी हुनुको कारण
लमही नगरपालिका ८ को जहरे र राजपुर गाउँपालिका ५ जङ्रहवा जोड्ने राप्ती पुलको उत्तर तर्फ सानो खाजा नास्ता पसल छ । त्यो पसल लमही ८ खोलीगाउँका अशोक चौधरीको हो । अशोकले श्रीमती संगै पसल संचालन गरेका छन् ।

अशोकले प्रहरीलाई दिएको बयान अनुसार भदौ ११ गते राती करिब १२ बजेको समयमा श्रीमतीले पानी प्यास लाग्यो भनेर बाहिर निस्किन । श्रीमती बाहिर जान्छु भनेर गएको धेरै समय भैसकेपछी अशोक बाहिर गए । त्यो समयमा श्रीमतीले कसै संग भिडियो कल मार्फत कुरा गर्दै गरेको देखे ।

आफ्नो श्रीमती भएको स्थान देखि केही मिटरको फरकमा रा ४ प ९०४ नम्बरको १५० सिसि पल्सर मोटरसाइकल सहित दुई अपरिचित युवाहरु थिए । त्यो मोटरसाइकल सतबरियाका हेमराज चौधरीको थियो । उनको मोटरसाइकललाई लिएर राप्ती गाउँपालिका ५ लट्ठहवा का ४० वर्षिय शिव कुमार चौधरीले सो स्थानमा पुगेका थिए ।

श्रीमतीले त्यो रातको समयमा परपुरुष संग भिडियो मार्फत कुरा गरिरहेको देख्दा आबेगमा आएर ती युवाहरुको मोटरसाइकमा आगजनी गरेको प्रहरी सामु स्विकार गरे । आगजनीबाट मोटरसाइकल पुर्णरुपमा क्षति भएको छ ।

मोटरसाइकलमा आगजनी भएको खबर पाएपछि अस्थायी प्रहरी चौकी रिहारबाट प्रहरी घटनास्थलमा पुगेर स्थितीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया