दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

प्रिया स्मृती गजमेर,लमही
१ असोज/राजपुर गाउँपालिका वडा नम्बर ४ कोमरे दुलैयाका ३० वर्षीय सुरवीर घर्ती मगर, एक वर्ष अघि खाडी मुलुक कतारबाट घर फर्किएका हुन् । धेरै पैसा कमाउने अनि परिवारलाई सुख सयलमा राख्ने सपना बोकेर उनी खाडी मुलुक हानिएका थिए, बिडम्बना त्यसो हुन सकेन ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



मेन पावर कम्पनीका एजेन्टले जुन कामको लागि भनेर पठाएका थिए सुरवीरले त्यो काम पाउन सकेनन । बिरानो देश, भनेको काम नपाए पनि माइलीकले जुन काम गर भन्छ त्यो नगरी कुनै विकल्प थिएन उनीसंग । त्यही कम्पनी पनि ४ महिना नपुग्दै बन्द भयो । सुरवीरलाई झन् आपत प¥यो, कता जाने के गर्ने भनेर । खाडी मुलुकमा कम्पनी बन्द भएपछी कि नेपाल फर्किनु पर्छ कि अनाधिकृत (भागेर) काम गर्नुपर्ने हुन्छ ।

सुरवीर पनि भागेर काम गर्दै गरे । कम्पनी छोडेको एक वर्षमा मलेसियन प्रहरीले सुरवीरलाई पक्राउ ग¥यो । प्रहरीको पञ्जाबाट छुटकारा पाउनलाई उनले मलेशियाको ५ हजार रिंगेट तिर्नुपर्ने भयो । उनीसंग त्यति धेरै पैसा पनि थिएन । उनी जसको काम गर्दै गर्दा प्रहरीले समात्यो सोही कम्पनीको मालिकले त्यो पैसा तिरेर सुरवीरलाई छुटाएको उनको भनाई छ । पछी उनले त्यो पैसा काम गर्दै तिरेका थिए ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

मलेसियामा ५ वर्ष त बसे तर घर फर्किदा उनी रित्तै हात फर्किएका थिए । नेपाल फर्केर पनि के गर्ने ? न कुनै सिप छ न लेखाई पढाई । घर बसेर मात्र पनि भएन केहि त गर्नुपर्छ भनेर उनले फेरी बाहिर जाने योजना बनाए । मलेशियाबाट घर फर्केको केहि समयपछी फेरी उनी खाडी मुलुक कतार लागँे । कतार ४ वर्ष दुःख गरेर केहि पैसा आर्जन गरे सोहि पैसाले मलेशिया जाँदा लागेको साहुको ऋण तिरे ।

त्यसपछि उनी कहिले पनि पराई मुलुकमा नजाने बाचा गरेर नेपाल फर्किएको सुनाए । सुरवीर अहिले उन्नत जातका बंगुरपालन व्यवसायमा लागेका छन् । बाहिरको दुःख, मेहनत सम्झेर उनी भन्छन्– ‘यति दुःख गरे त हाम्रै गाउँ घरमा सुन फल्छ । हुन पनि हो ९ वर्ष खाडी मुलुकमा बस्दा सुरवीरले आफ्नो आङमा लगाउने एक सरो कपडा फेर्न सकेका थिएनन् । नेपाल फर्केर खेतीपाती गर्दै गरेका सुरविरलाई उनीसङ्गै बाहिर बसेका कपिलवस्तुका एक जना साथी पनि बंगुर पालनमा जोडिएका छन् । उनै साथीले बंगुर पालनमा राम्रो आम्दानी छ भनेर हौसला बढाएको बताए ।

सुरुमा उनले ९० हजार बराबरको उन्नत जातका पाठापाठी खरिद गरेका थिए । व्यवसाय सुरु गरेको एक वर्षमै उनले झन्डै एक लाखका पाठापाठी विक्रि गर्न सफल भए । उनले थोरै लगानीबाट बंगुर फर्म सुरु गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण बंगुरको खोर व्यवस्थित गर्न सकेका थिएनन् ।सुरविर वैदेशिक रोजगारबाट घर फर्किएका हुँदा र बंगुर पालनमा लागेकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले ५० हजार रुपैयाँ खोर सुधारका लागि अनुदान दिएको कार्यक्रम संयोजक गिरीराज भट्टले बताए ।

अनुदान पाएको रकमबाट सुरविरले ४ कोठाको खोर निर्माण गरेका छन् । अनुदान रकम प्राप्त गरेपछि अझै हौसला बढेको उनको भनाई छ । अहिले उनीसंग साना ठूला गरेर १० वटा उन्नत जातका पाठापाठी बंगुर छन् । दाना भुसका लागि उनले वर्ष भरी पुग्ने गरि धान, मकै खरिद गरेर राख्ने गर्छन् । घरपरिवारसंग बसेर व्यवसाय गर्दा आनन्द अनुभुति भएको बताउँछन् ।|

आफू जस्तै अन्य युवालाई देश छोडेर बिरानो मुलुकमा नजान उनको अनुरोध छ । आमा, दुई छोरा र श्रीमतीसंग उनी अहिले बंगुर पालनमा रमाइ रहेका छन् । आफ्नै देशमा पसिना बगाउन सक्नुपर्छ, विश्वमै नेपाल हरेक कुरामा अगाडी भएको भन्दै आफ्नै गाउँ, समाज र सिंगो नेपाललाई आर्थिक पाटोमा बलियो बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना