प्रिया स्मृती गजमेर, लमही
१० पुस/ स्थानीय सरकार र व्यवसायिक बिचको समन्वय हुन् सके मात्र ब्यबसायीक क्षेत्रको हक हित र विकास हुन सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताए । देउखुरी उद्योग वाणिज्य संघको १८ औं साधारण सभामा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।

स्थानिय सरकारले व्यवसायिक हक हित र प्रबर्धनका लागि काम गर्नु पर्ने हो तर स्थानिय सरकार र उद्योग वाणिज्य संघ बिचको समन्वय हुन नसक्दा समस्या उत्पन्न हुने गरेको व्यवसायीहरुको गुनासो छ ।

हरेक काममा लमही नगरपालिका संगै रहेको बताउंदै स्थानीय सरकार र देउखुरी उद्योग वाणिज्य संघ बिच समन्वय छैन भन्नु गलत भएको दावी गरे । पालिकाले अनाधिकृत रुपमा कर लिने गरेको बिषयलाई प्रष्ट पार्दै उक्त कर राजस्व परार्मश समितिको निर्णय अनुशार निकासी कर लगाएको बताए ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका निर्बतमान अध्यक्ष नारायण प्रसाद भुसालले लमही नगरपालिकाले लगाएको निकासी कर ब्यापारीहरुको हक हित बिपरित भएकोले सो कर खारेजीको माग गरे। निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकीले खरिद बिक्री गर्ने सामाग्री नापतौल गर्नु पर्ने र नापतौलको कार्यालय दाङमा नहुँदा उपभोक्ताहरुले समस्या भोग्नु परेको बताउदै स्थानिय सरकारले त्यसको लागी ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा अन्य बक्ताहरुले झाले ब्यापारीका कारण अन्य ब्यापारीको पेशा खस्कदै गएको , अव्यवस्थित ठेला , अस्त व्यस्त पार्किङ, र चोरी सामाग्रीका कारण ब्यापारीहरुले मार खेप्नु परेको गुनासो पोखेका थिए ।

देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षकमल जंग सिंह ठकुरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका निर्बतमान अध्यक्ष रबिलाल आचार्य, राप्ती उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, देउखुरी उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार शेषमणि गौतम, लमही खानेपानीका उपाध्यक्ष लिला शाह, शान्तीनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र शर्मा, जनता समाजबादी पार्टिका लमही ईन्चार्ज किशोर घर्ती मगर, नेकपा माओबादी बिप्लपका लमही ईन्चार्ज जनक विक, पत्रकारहरु राधेश्याम गुप्ता, चुमा आचार्य, ओम प्रकाश गुप्ता लगाएतले शुभ कामना व्यक्त गरेका थिए ।

संघका कोषाध्यक्ष जागेश्वर बसेलले आर्थिक र वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण जागेश्वर बसेलले गरेका थिए । कोभिडको समयमा र भबन निर्माणमा सहयोग गर्ने एक र्दजन बढि दाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया