प्रिया स्मृती गजमेर, लमही
१६-पुस/ मैनादेवी फाउन्डेसनको सरसफाई अभियान अन्तर्गत शुक्रबार दाङको गढवा बजारमा सरसफाई गरिएको छ। गढवा बजारको मुख्य चोक, कोइलाबास जाने रोड र पश्चिम राजपुर जाने सडक वरपर सरसफाई गर्दै स्थानीय व्यापारीलाई जथाभावी फोहोर नफाल्न आग्रह गरिएको छ।

‘‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ, मेरो दाङ मेरो शान, सरसफाइ मेरो पहिचान भन्ने मूल नाराको साथ देउखुरीका दुई युवा सरसफाई अभियानमा जुटेका हुन् ।’ आफु र आफ्नो वरपरको वातावरण सफा राखौं भन्दै लमही नगरपालिका वडा नं. ५ लमहीका अंकित खनाल र रोशन भेटवालले सरसफाई अभियानको शुरुवात गरेका हुन ।

अभियान सरसफाई मात्र नभएर सरसफाई गर्नका लागि सबै उपभोक्ताहरुमा सचेतना जगाउने उद्देश्य भएको उनीहरुको भनाई छ । सरसफाईमा सबैले ध्यान दिए मात्र अभियानले पूर्णता पाउने मैनादेवी फाउन्डेसन दाङका इन्चार्ज अंकित खनालले बताए । ‘दाङका सबै बजारमा हामीले यो अभियान थाल्ने योजना बनाएका छौं, म लमहीबासी भएका कारण लमही बाटै शुरु गरे’ खनालले भने,। जिल्ला भरी नै अभियानलाई सबैसंग जोड्ने उनीहरुले बताए ।

अंकित खनाल र रोशन भेटवाललाई देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले पनि साथ दिएका थिए । युवाहरुले लमही बजारका अति फोहोर हुने स्थानमा सरसफाई गर्ने योजना बनाएको आफुलाई जानकारी गराएकोले सो अभियानमा आफुले पनि साथ दिएको अध्यक्ष खनालको भनाई छ ।

अभियानमा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बालचन्द्र हमाल, वडा नम्बर ५ का वडा सदस्य गोबिन्द ओली, गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लेख बहादुर थापा, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खीम बहादुर बुढा मगर, गढवा तेक्वान्दो दोजाङको टोली, इलाका प्रहरी कार्यालय गढवाको सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिकृया