प्रिया स्मृती गजमेर, देउखुरी
६-असार/ विद्यालय तहको शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने कार्यशाला गोष्ठी लमहीमा शुरु भएको छ । कार्यशालाको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगर प्रमुख चौधरीले उपस्थित सबै विद्यालयका शिक्षकहरुलाई शिक्षा मार्फत नगरपालिकालाई उज्यालो बनाउन आग्रह गरे ।

असल नागरिक उत्पादन गर्ने शिक्षा जस्तो महत्त्वपूर्ण पाटोमा सबै गम्भीर भएर लाग्न नगर प्रमुख चौधरीले आग्रह गरे । ‘तपाईंहरुले विद्यालयका सबै गतिविधि चुस्त दुरुस्त राख्नु भयो भने त्यस विद्यालय प्रती सबैको आकर्षण बढ्छ, विद्यार्थी भर्ना गरिदेउ भनेर अन्यत्र जान पर्दैन, तपाईंहरुलाई विद्यार्थी सम्हाल्नै हम्मे हम्मे हुन्छ’-नगर प्रमुख चौधरीले भने ।

त्यस्तै नगरपालिका उपप्रमुख लक्ष्मी योगीले विद्यालय मन्दिर भएको उल्लेख गर्दै मन्दिरको पुजारी असल हुनु पर्ने बताईन् । मन्दिरको पुजारी नै राम्रो भएन भने त्यस मन्दिरको अवस्था कस्तो होला ? योगीले प्रश्न गरिन् । विद्यालयमा गुणस्तरीय शिक्षासंगसंगै सरसफाइ, भौतिक संरचना निर्माण, विद्यालयको सुचना प्रबाह जस्ता अति महत्त्वपूर्ण बिषयहरुलाई मध्यनजर राख्दै यी कामहरु समयमै गर्नु पर्ने नगर उपप्रमुख योगीको भनाई छ । जसरी भएपनी शिक्षाको स्तर माथी उकास्नका लागि सबै लाग्नु पर्ने बताइन् ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जब सम्म शिक्षकमा सुधार आउँदैन तब सम्म विद्यालयको सुधार हुन नसक्ने बताए । नगरपालिकाले शिक्षामा ठुलो लगानी गरेको भन्दै लगानी गरे जस्तो नतिजा आउन नसक्नु दुःखद भएको र त्यो नतिजाको जवाफदेही तिनै विद्यालयका शिक्षक हुनु पर्ने बताए ।

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले पटक पटक विद्यालयलाई विभिन्न तालिम, गोष्ठी आयोजना गर्दै आएको छ, भौतिक संरचना अभावका कारण पठनपाठनमा समस्या भर्का विद्यालयमा भवन बनाइएको , यो वर्ष स्थानीय सरकारले निजि शिक्षकका लागि २४ लाख रुपैयाँ छुट्याएको समेत प्रशासकीय अधिकृत डाँगीले बताए ।

डाँगी भन्छन्न- गरपालिकाका शिक्षकमा अनुशासन बिल्कुकै देखिएन, शिक्षक जस्तो मर्यादित पद धारण गरेका व्यक्तिलाई हामीले बारम्बार भन्ने होइन विद्यालय पोसाक लगाउनुस, परिचयपत्र घाँटीमा झुन्ड्याउनुस, विद्यालयमा सरसफाइ गर्नुस भनेर भन्नू पर्ने हो ? असारसम्म नगरका १७ वटा विद्यालयमा विद्युतिय हाजिरी र सिसि क्यामरा जडान गरिने भएको छ । विद्यालयका सुचनालाई पारदर्शी, व्यस्थित बनाउने, विद्यालयको तथ्यांक, विवरण, डाटा, सुचनालाई एकद्वार प्रणाली मार्फत प्रवाह गर्ने जस्ता विषयमा छलफल गरिने शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्रीले जानकारी दिए ।

लमही नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यशालाको शुरु गरिएको कार्यशालामा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक शिक्षिका गरि ४० जनाको सहभागिता रहेको थियो । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा शुरु भएको २ दिने कार्यशालाको प्रशिक्षकमा समवेदन कोइराला रहेका छन् ।

प्रतिकृया

प्रतिकृया