ओमप्रकाश गुप्ता,भालुवाङ
२१-भदौ/ दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो ।
भालुवाङ-प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक गएराती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा अटो जलेर खरानी भएको छ ।
भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिए । शान्तिपुर देखि भालुवाङ तर्फ आइरहेको समयमा उक्त अटोमा आगलागी भएको हो । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।