उमेदवार खड्का र केसीबिच रोचक भिडन्त
शिवु खनाल, देउखुरी
१-कार्तिक/ सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं.१ प्रदेश (ख) को उम्मेदवार बनेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनुराग खड्का झन् बलियो बन्दै छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काले जनतालाई बाडेका सपना पुरा गर्न उहाँको छोरा अनुराग खड्का दाङ क्षेत्र नं. १ प्रदेश (ख) बाट उमेदवार बनेको भन्दै निर्वाचन क्षेत्रका मतदाताले खुसी व्यक्त गर्न थालेका छन् ।

खड्का उमेदवार बनेपछि नेता स्वर्गीय खुमबहादुर खड्काले समग्र दाङमा गरेको विकास र उनले पु¥याएको योगदानको चर्चा मतदाताले गर्न थालेका हुन् । जसले गर्दा उमेदवार अनुराग खड्का झनै बलियो बन्दै जान थालेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेता स्वर्गीय खुमबहादुर खड्काका सुपुत्र अनुराग खड्का उमेदवार बनेकोमा राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी धरमबहादुर यादवले स्वर्गीय खड्काको झल्को दिएको उनको भनाइ छ ।

गठबन्धनले दाङ क्षेत्र नं. १ प्रदेश (ख) को अनुराग खड्कालाई उमेदवार बनाएको छ । उमेदवार खड्का नेकपा एमालेका उमेदवार कुलबहादुर केसीसंग प्रतिस्पर्धाका लागि चुनावी मैदानमा होमिएका छन् । कुलबहादुर केसी लमही नगरपालिकाका पूर्व नगर प्रमुख समेत हुन् । केसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जोगराज चौधरीलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका थिए ।

खड्का र केसी आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यका लागि भिड्दै छन् । कुलबहादुर केसीले पहिले खड्काका विश्वास पात्र र अहिले उनका सुपुत्रसंग निर्वाचनमा होमिदा झनै रोचक लागेको बताए । उनले भने,– ‘खुमबहादुर खड्का र मेरो सम्बन्ध पारिवारिक नै हो, अहिले उहाँको पुत्रसंग निर्वाचनमा भिड्दै गर्दा रोचक र प्रतिस्पर्धात्मक नै हुने देखेको छु ।’ नगर प्रमुख भएर गर्न नसकेका अधुरा काम गर्नको लागि आफु पुनः प्रदेश सांसदको लागि निर्वाचनमा होमिएको उनको तर्क छ ।

अनुराग खड्काको राजनीतिक प्रवेशले आफु खुसी भएको र यूवा शक्ति राजनितिक गतिविधिमा लाग्नु सकरात्मक पक्ष रहेको उमेदवार केसीले बताए । उनले आफू चुनाव जित्ने दाबी गरे । लमही नगरको नेतृत्वमा बसेर गरेको कामका कारण चुनाव जित्ने उनको भनाई छ । अनुराग खड्काले पनि पूर्व मेयरसंगको राजनीतिक प्रतिस्पर्धा रोचक र आकर्षक भइरहेको बताए ।

उनले भने,– ‘उहाँले पनि जनताको मन जितेरै मेयरमा निर्वार्चित हुनुभएको होला, म आफै यूवा भएकाले चुनौतीलाई अवसरमा बदल्ने प्रयासमा छु, उहाँ मेरो बुवा सरहको राजनीतिक व्यत्तित्व हो । अग्रजसंगको प्रतिस्पर्धा रमाइलो नै भइरहेको छ ।’ आफु आफ्नो बुवाका सपना पूरा गर्न राजनीतिमा प्रवेश गरेको जानकारी दिदै खड्काले नाकामा सडक, शिक्षा स्वास्थ्य र रोजगारी नै आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।

१  (क) मा उमेदवार थारु, भट्टराई आमनेसामने
त्यसैगरी सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारु आगामी मंसिर ४ गते हुने दाङ क्षेत्र नं. १ प्रदेश (क) निर्वाचनका लागि नेकपा एमालेका उमेदवार गंगाराम भट्टराई बचि प्रतिस्पर्धा हुदैँछ । उमेदवार थारु प्रत्येक्ष निर्वार्चित भइ पहिलो संविधान सभा सदस्य समेत हुन् भने भट्टराई जिल्ला सुकुम्बासी आयोगको पूर्व अध्यक्ष हुन्।

प्रतिकृया

प्रतिकृया