तुलसीपुर
२३ भदौ/ फेसबुक दुरुपयोग गरेको भनी सञ्चार माध्याममा आएको समाचार प्रति सम्बन्धित ब्यक्तिहरुले आपति जनाएका छन् । समाजिक सञ्चाल दुरुपयोग गरेको भनी समाचार प्रकाशित हुनुभन्दा अघि नै पिडक र पीडित पक्षबीच आपसी सहमती भईसकेको उनीहरुले बताएका छन् ।

टोपेन्द्र वलीले शनिबार एक बिज्ञप्ति जारी गरि यस्तो जानकारी दिएका हुन् । आउँदा दिनमा कोही कसैलाई आरोप प्रत्यारोप नगर्ने सहमती भएको उनले बिज्ञप्तिमा जानकारी दिए । केही दिन अघि स्थानीय प्रशासनको हवाला दिदै अर्काको नामबाट फेसबुक ‘अकाउन्ट’ बनाएर तथानाम कुरा गर्ने सल्यान बागचौर नगरपालिका–९ का टोपेन्द्र ओली पक्राउ परेको समाचार सार्बजनीक भएको थियो ।

ओलीले दिपेन्द्र डिसी र एकता डाँगीको नामबाट फेसबुक ‘अकाउन्ट’ खोली उनीहरुको चरित्र हत्या गरेको भनी समाचार सार्बजनीक भएको थियो । तर यो समाचार सार्बजनीक हुनुभन्दा पहिले नै आफुहरुले एकआपसमा सहमती गरिसकेको उनले बताए ।


ADVERTISEMENT

 


K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया